गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

अमर सहिद ‘दशरथ’को अजम्मरी प्रेम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

सैनिक स्कुलका कोठा सफा गर्न आउने राम मायालाई आग्रह गर्दै सहिद दशरथ चन्दले भनेका थिए  ‘मेरा साथीहरुलाई मारेपछि रुने, उनीहरुका आफन्त थुप्रै छन् । तर, मेरा लागि रुने कोही छैन् । त्यसैले मलाई मारेपछि मेरा लागि तिमी राईदेऊ है राम माया ।’

फाँसीको सजाय सुनेको भोलीपल्ट आफ्नै मृत्युमा रोइँदिने मान्छे खोज्ने सहिद दशरथ चन्दले संसार चिहाएको १ सय १८ वर्ष पुगेको छ । १७ असार १९६० मा भुई टेकेका थिए उनले । पश्चिमी सिमान्त जिल्ला बैतडीको बस्कोटबाट संसार चिहाएका दशरथ लप्टन शेरबहादुर र पार्वती चन्दका माईला सन्तान हुन् ।

मातृवात्सल्य नपाएर होला उनलाई मृत्युमा रुवाइँ सहज लाग्ने गरेको थियो । दशरथको बाल्यकाल त्यति सहज रहेन । उनले तेह्र बर्षकै उमेरमा बि.स. १९७३ मा आमा पार्वतीलाई गुमाए । लप्टन बाबु शेरबहादुरले त्यसपछि ३\३ वटा बिहे गरे । बाबुको जागिरे जिन्दगीसँगै चहार्नुप-यो उनले पनि ।

बुवाको सरुवासँगै नेपालगञ्ज, सुर्खेत तिर हुइँकिए उनी पनि । ६ कक्षासम्म बैतडी, नेपालगञ्ज, सुर्खेतमा अध्ययन गरेपछि वि.स. १९७७\७८ तिर उनलाई भारतको अल्मोडास्थित सर गार्सेन रैमजे स्कुलमा भर्ना गरियो । उनले बाल्यकालको केही समय मामाघर भारतको पिथौरागढस्थित अस्कोट–पंक्तोलीमा बिताए ।

आमाको अभाव, लप्टन बाबुसँगको दौढधुप र कडा अनुशासन, अनि वर्षैपच्छिे फेरिने स्कुलका कारण स्कुले प्रेमतिर ढल्किन पाएनन् दशरथले । भनिन्छ ‘मातृवात्सल्यको अभावमा मान्छेको स्वभाव खरो बन्छ ।’ मिजासिला भएपनि दशरथ खरो स्वभावका थिए रे ।

स्कुले उमेर दौढधुपमै बिताएका उनी उच्च शिक्षाका लागि बनारसतिर लागे । बनारस बसाइँका दौरान भारतीय स्वतन्त्रता संग्राममा सहभागी नहुने त कुरै थिएन । गान्धीगिरी मन पराउने भएपनि आक्रामक थिए दशरथ । बनारसबाट आईए पूरा गरेर नेपाल फर्के ।

यस पटकको नेपाल फिराईसँगै उनको जीवन पनि फेरिएको बताइन्छ । एकातिर उनी क्रान्तिकारी बन्दै गएभने अर्कातिर आमाको अभावमा गुमाएको ‘माया, ममता र प्रेम’ जस्ता शब्दसँग नजिक हुन पगे । ‘झर्रा ठकुरी’लाई त्यतिबेला दरबारमै राखेर शिक्षा दीक्षा दिने र आफ्नी छोरीसँग बिहे गराउने राणाहरुको चलन थियो ।

पढेलेखेका र झर्रा ठकुरी दशरथलाई पनि तत्कालिन कमाण्डर ईन चिफ रुद्र शमशेरले दरबारमै राखे । र अध्ययनका लागि त्रिचन्द्र कलेजमा भर्ना गराए । हिन्दी बोल्ने, खद्दरको लुगा लगाउने, मिजासिला दशरथले रुद्र शमशेरकी छोरी जुलियानी मैयाँको मन तान्न बेर लगाएन ।

अनुहार भरीका डण्डीफोरले जुलिया मैयाँलाई असहजिलो बनाएन । दशरथले पत्तै नपाउने गरी मन पराउन थालिन् जुलिया रे । रुद्र शमशेरले बहादुर भवन (हालको निर्वाचन आयोग)मा बस्ने व्यवस्था मिलाएको थियो उनलाई । जुलियानी गौशाला खण्डमा बस्थिन् भने दशरथ पाहुना घरमा । उनको भेटघाट सायदै हुन्थ्यो ।

आँखा जुधाउने समेत मेसो मिल्दैन्थ्यो । गलकोटे राजा भरत बम मल्लले जुलियानीसँग परिचय गराउँदा बोल्न सकेका थिएनन् रे दशरथ । त्यतिबेला दशरथ २८ र जुलियानी १९ वर्षकी थिइन् । दरबार उर्बरभूमि थिएन माया–प्रेमका लागि । लुकिछिपि दरबारका बालबालिका मार्फत चिठ्ठी ओहोरदोहोर गर्थे उनीहरु ।

इतिहासकार पुरुषोत्तम शमशेर जबरा लेख्छन् ‘५–६ वर्षीया बालिका मिनाक्षीदेवी राणा मार्फत चिठ्ठी पठाउथे दशरथ र जुलिया ।’ मिनाक्षी इतिकासकार पुरुषोत्तम शमशेरकी बहिनी हुन् भने पुरुषोत्तम शमशेर, रुद्र शमशेरका नाती हुन् । जुलियानीलाई चिठ्ठी पठाउँदा मिनाक्षीलाई दशरथ भन्ने गर्थे ‘सानो महारानी, यो चिट जुलियानी मैयाँ साहेबलाई दिइबक्स्योस है ।’

दरबारको काँडेतार भित्र झाँङ्गिदै गएको दशरथ–जुलियानीको माया अरुलाई थाहा हुने कुरै भएन । जुलियानी कति माया गर्थिन भन्ने कुरा दशरथलाई पनि पत्तै थिएन । आँखा जुधाउन नपाईने, भेट गर्न नसकिने, टाढाबाट पनि हेर्न नपाउने दरशथलाई दुरबिनबाट खोज्थिन् जुलियानी । दुरबिनमा मात्रै पाउथिन् उनी दशरथलाई ।

जुलियानीले दुरबिनबाट हेरिराख्ने गरेको थाहा पाएका गलकोटे राजा भरत बम मल्लले सुटुक्क दशरथलाई सुनाए । त्ससपछि भने उनको पनि छटपटि सुरु भो । साता दिनपछि गलकोटे राजा भरतले नै दशरथका लागि पनि दुरबिनको व्यवस्था गरेको लेख्छन् ईतिहासकार । अनि सुरु भो दशरथ–जुलियानीको दुरबिन प्रेम ।

दैनिक क्रियाकलाप हेर्न, नियाल्न र सुमसुम्याउन दुरबिनको लेन्समा तान्थे एक अर्कालाई । त्यहि वि.स. १९८९ तिरको कुरा हो । बिहेको पनि कुरा चलेको थियो दरबारमा । दशरथले नै ईश्वर शमशेरलाई प्रस्ताव राखेका थिए बिहेको । ईश्वर तत्कालिन कमाण्डर इन चिफ रुद्र शमशेरका छोरा एवं जुलियानीका दाई हुन् ।

त्यो कुरा दरबारमा पनि पुग्यो । दशरथ अंग्रेजी अखबार पढेर कमाण्ड इन चिफलाई सुनाउने र उनको भाषण लेख्ने गर्थे । दरबारले पनि स्वीकार गरेको लेख्छन् ईतिहासकार पुरुषोत्तम । बिहे गर्ने पनि ठिक्क भएको थियो । दरबारमा जुठो पर्दा त्यो वर्ष रोकिएको बिहे अर्को वर्षपनि हुन पाएन ।

खालि ठाँउ २

५ चैत १९९० मा ‘सि क्लास’ राणा भनेर रुद्र शमशेरलाई कमाण्डर इन चिफबाट हटाएर चार भञ्ज्याङ्ग कटाए श्री ३ जुद्ध शमशेरले । रुद्र शमशेरको परिवार पाल्पातिर लाग्यो भने दशरथ पनि दरबारबाट बाहिरिए । उनी मामाघर पकनाजोलमा बस्न थाले । श्री ३ को आदेशसँगै दशरथ–जुलियानीको बिहे पनि सदाका लागि पर स-यो ।

श्री ३ जुद्ध शमशेरको आदेशपछि फेरिएको घटना क्रमले दशरथलाई झन राणा शासन विरोधी बनायो । यहि क्रममा उनको भेट टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, रामहरी शर्मासँग भयो । र २० जेठ १९९२ मा धर्मभक्तको घरमा गोप्य रुपले ‘नेपाल प्रज्ञा परिषद्’को स्थापना गरे उनीहरुले ।

भूमिगत संगठन प्रज्ञा परिषदको अध्यक्ष टंकप्रसाद आचार्य, उपाध्यक्ष दशरथ र सचिव रामहरी शर्मा भए । २० सदस्यीय समितिका उपनामहरु राखिए । दशरथलाई ‘सेवासिंंह’, टंकप्रसादलाई ‘प्रकाश’, रामहरीलाई ‘हरेराम’ र धर्मभक्तलाई ‘अजब बहादुर’को नामले पुनः न्वारन गरे उनीहरुले नै ।

भारतबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा दशरथ राणा विरोधी लेख प्रकाशित गर्न थाले । सेवासिंहको नामले चर्चित भएपछि फेरी नाम फेरे दशरथले ‘सुशील’ भनेर । यो समय दशरथका लागि कठिन रह्यो । एकातिर जुलियाको मायाले छटपटाउँथ्यो भने अर्कातिर भूमिगत भएर राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुपथ्र्यो ।

कहाँ भूमिगत दशरथ, कहाँ सजाय पाएर पाल्पा धपाईएका रुद्र शमशेर । त्यो बेला जुलियानीलाई त परै जावस रुद्र शमशेरलाई भेट्न पनि गाह्रो थियो उनलाई । तैपनि जुलियानीप्रतिको माया कम हुने कुरै भएन । दूरीले छेकेको थिएन दशरथ–जुलियानीको मायालाई ।

दुरबिनले काम नगरेपनि चिठ्ठीले भने काम गथ्र्यो मनका कुरा साँटासाँट गर्न । चिठ्ठी ओहोरदोहोर गर्ने मिनाक्षी नभएपनि ‘साने ड्राईभर’ थिए । पाल्पा दरबार र काठमाडौं ओहोरदोहोर गर्ने साने ड्राईभरले नै दशरथ–जुलियानीका चिठ्ठी बोक्थे गोप्य रुपमा ।

त्यतिबेलाको कमसल र सस्तो खाले ‘लालटिनमार’ चुरोटको बट्टा भित्रको कागजमा प्रेमपत्र लेख्थे दशरथ । साना अक्षरले लेखिएको कागज चुरोट जस्तै बेरेर सुर्ति भरेर त्यही लालटिनमार चुरोटको बट्टाभित्र चुरोटको खिल्लीसंगै राखिन्थ्यो । साने ड्राईभरले कसैलाई चाल नदिएर ओसार्थे चुरोटकोे प्रेम पत्र ।

ठिक्क पारिएको बिहे अनिस्चित बन्नु, दशरथ राणा बिरोधी आन्दोलनमा होमिनु, कहिले भेट समेत नहुनु । अनेकथरी चिन्ताको सिकार बनेकी जुलियानीलाई क्षयरोगले पनि समात्यो । उपचार गरेपनि निको हुन सकेन् र उनको मृत्यु भयो । जुलियानीको मृत्युको खबरले दशरथ पागल जस्तै भएका थिए भन्छन् ईतिहासकार ।

उनले काठमाडौं मामाघरमै जुठो समेत बारेका थिए । दरशथका मामाका छोरा तिलकराज शाहीका अनुसार उनकी सानी आमाले ‘किन जुठो बारेको भनेर समेत सोधेकी थिइन् ।’ दशरथले गोलमटोल जवाफ दिएपनि परिवारजनलाई भने राम्ररी थाहा थियो ।

जुलियानीको मृत्युपछि दशरथ झन राणा शासनप्रति आक्रामक बने । घर परिवारले बिहेको चर्चा गरेपनि उनी बिहेप्रति सकारात्मक बन्नै सकेनन् । जुलियानीे गुमाउनुको पीडा राणा शासन बिरोधी उर्जा बन्न पुग्यो उनका लागि ।

प्रज्ञा परिषदका राणा विरोधी गतिविधि बढ्न थाले । त्यही क्रममा १९९७ जाउलाखेलको भोटो देखाउने दिन राणा शासन बिरोधी पर्चाहरु व्यापक रुपमा छरिए । र दशरथसँगै ५ सय जना पक्राउ परे । ६ माघ १९९७ मा श्री ३ सरकारले फैसला सुनायो फाँसीको ।

दशरथसँगै धर्मभक्त माथेमा, शुक्रराज शात्री र गंगालाल श्रेष्ठलाई सर्वस्वहरणसहित फाँसी, केहीलाई आजन्म काराबास, केहीलाई चार भञ्ज्याङ्ग कटाउने फैसला थियो । फाँसीको फैसला सुनाएर सिहरदरबार लाग्ने बेला उनले अन्य साथीहरुलाई भनेका थिए ‘तुम लोग तो जिएँ हो दोस्त, काम करो । हमतो चलेही जाएँगे लेकिन फिरभी भूत बनकर यिन राणा लोगोको सताएँगे ।’

फैसलाको ८ दिनपछि १४ माघ १९९७ को औसीको रात । आँखामा पट्टी बाँधेर दशरथ र गंगालाललाई शोभा भगवतिमा लगियो । नर शमशेरको नेतृत्वमा टोली खटाईएको थियो । दशरथ र गंगालाई माफि मगाउन चाहन्थे । त्यसैले जल्लादलाई खुट्टामा गोली हान्न लगाइयो । खुट्टामा गोली हानेपछि माफि माग्नु सट्टा गाली गरेर कराउन थाले दरशथ र गंगालाल ।

रिसले चुर भएका नर शमशेरले जल्लादभन्दा अगाडी सरेर आफैले गोली हाँने । ५ गोलीमा दशरथ र गंगालालको इहलिला सकियो । कालो औसीको रातसँगै दशरथको प्राण अन्त गरिएपनि उनको भौतिक शरिर शोभा भगवतिमै थियो । इष्टकोटको एउटा खल्तीमा सेतो रुमाल, अर्को खल्तीमा फाउण्टेन पेन र देब्रे हातमा घडी थियो ।

अनि उनकी प्रियसी जुलियानी मैयाँले दिएको खास्टो उनले नै ओढाई दिए झै ओढेका थिए दशरथले । अन्तिम बेलासम्म पनि जुलियानीको माया संगालेर राखे खास्टोसँगै उनले । फाँसीको सजाय सुनेपछि मृत्यु कुरिराख्दा होस् या मृत्युको अघिका क्षणमा होस् उनलाई भेट्न कोही गएनन् ।

तत्कालिन ८१ लाख ८२ हजार नेपालीलाई जहानिया राणा शासनको पञ्जाबाट मुक्त गर्न बलि चढ्दा पनि उनका लागि रोइँदिने कोही भेटेनन् । त्यसैले त उनले बलि चढ्नु अघि आप्mनै मृत्युमा रोइँदिने मान्छे खोजे किनकी उनको मृत्युमा रुन न उनकी ममतामयी आमा थिइन् न त प्रियसी जुलियानी मैयाँ ।#सि.

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page