


बैतडी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुर्चौडी नगर कमिटीको बैठक आज सम्पन्न भएको छ। बैठकमा विभिन्न समसामयिक तथा महत्वपूर्ण विषयमा गहन छलफल गरिएको (रास्वपा) पुर्चौडी नगर कमिटी सभापति राम सिंह सांउदले बताए।
बैठकमा जनताका समस्या, संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा लगायतका विषयमा छलफल भएको (रास्वपा) जिल्ला कमिटी सह-सचिव जनक बहादुर गडालले बताए। बैठकमा सहभागीहरूले जनताका समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै पार्टी संगठनलाई थप मजबुत बनाउने विषयमा धारणा राखेका थिए।


बैठकबाट जनताको हित र आवश्यकताअनुसार प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको रास्वपा पुर्चौडी नगर कमिटीले जनाएको छ।
बैठकमा नगर कमिटीका पदाधिकारी, सदस्य तथा पार्टीसँग आबद्ध नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।





