Vutlaxapu
Laxmibhuwan sun chadi

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय भएको छ।

सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको हो।

योसँगै सरकारले एलपी ग्यासमा कुनै पनि मुनाफा नराख्ने जनाएको छ। डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने वाणिज्य सचिव मधुकुमार मरासिनीले जानकारी दिए।

एलपी ग्यासमा प्रति सिलिन्डर १० रुपैयाँ मुनाफा थियो। आम उपभोक्तालाई मध्येनजर गर्दै यो पनि घटाएका हौं,’ उनले भने।

भारतबाट मूल्य घटेर आएको छ। योसँगै स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरेर पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४ रुपैयाँ घट्नेछ। एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँ घटाइएको छ।

जय भगवति मेलौली सुनचाँदी

चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोल १६१ रुपैया ५० पैसामा कारोबार हुनेछ।

हाल यहाँ पेट्रल १६७ रुपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ। यो क्षेत्रमा डिजेल र मट्टीतेल १४३ रुपैयाँ ५० पैसा तोकिएको छ। हाल डिजेल र मट्टीतेल १४७ रुपैयाँ ५० पैसाका कारोबार भइरहेको छ।

सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल १६३ रुपैयाँ, डिजेल र मट्टीतेल १४५ रुपैयाँमा कारोबार हुनेछ। हाल यहाँ पेट्रोल १६९ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा भने पेट्रोल प्रतिलिटर १६४ रुपैयाँमा कारोबार हुनेछ। अहिले यो क्षेत्रमा पेट्रोल १७० रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ। यी क्षेत्रहरूमा डिजेल र मट्टीतेल प्रतिलिटर १४६ मा कारोबार हुनेछ। हाल यी क्षेत्रमा

डिजेल र मट्टीतेल १५० रुपैयाँमा कारोबार भइरहेको छ।

एलपी ग्याँस भने प्रति सिलिण्डर १,८०० रुपैयाँबाट घटेर १,७९० रुपैयाँ हुनेछ। हवाई इन्धनको मूल्य भने सञ्चालक समितिले तोकेअनुसार लागू हुने उल्लेख गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page