Vutlaxapu
Laxmibhuwan sun chadi

७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

साउन ५,प्यूठान स्वर्गद्वारी नगरपालिकाकी ७३ वर्षीया वृद्धा दाङको घोराही उपमहानगरपालिका-१० स्थित मानव सेवा आश्रममा बस्दै आएकी थिइन्।

 

उनी आँखाको उपचार गर्न बिहीबार तुलसीपुर आएकी थिइन्। आउँदा आउँदै झमक्क साँझ पर्‍यो। तुलसीपुर उनको लागि नयाँ ठाउँ थियो। नजिकै चिनेजानका पनि कोही थिएनन्।

 

होटलमा खान र बस्न पैसा नभएपछि वृद्धाले भोकै पेट सडकमा सुत्ने निधो गरिन्।

 

सडकपेटीमै बसिरहेको बेला मध्यरातमा दुई युवक आए। उनीहरूले सडक पेटीमा बसेकी वृद्धालाई केही खाए नखाएकोबारे सोधे। भोकै रहेको र जाने ठाउँ पनि कहीँ नभएको थाहा पाएपछि उनीहरूले वृद्धालाई फकाउन थाले।

 

खाना खुवाइदिने र बासको पनि व्यवस्था गरिदिने भनेपछि वृद्धा उनीहरूको पछि लागिन्। उनीहरूले वृद्धालाई तुलसीपूर बसपार्कमा पुर्‍याए।

 

बसपार्कभित्र पार्किङ गरिराखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई लगे। बसभित्र पुगेपछि वृद्धाले पनि केही राहतको महसुस गरिन्।

 

जय भगवति मेलौली सुनचाँदी

तर केहीबेरमा उनले सोच्दै नसोचेको भयो। छोरा नातिसरह व्यक्तिबाट आफूमाथि यतिसम्मको व्यवहार होला भनेर उनले सोचेकीसम्म थिइनन्।

 

गाडीभित्र लगेपछि दुई युवकले वृद्धामाथि पालैपालो बलात्कार गर्न थाले। असह्य भएर वृद्धा चिच्याइन्। उनको चिच्याहट सुनेर कसैले प्रहरीलाई खबर गरिदिएको थियो।

 

केहीबेरमा प्रहरी पुग्यो र घटना भइरहेकै अवस्थामा दुई जनालाई पक्राउ गरी वृद्धाको उद्धार गर्‍यो।

 

पक्राउ पर्नेहरूमा तुलसीपुर उपमहानगरपालिका-१५ का ३० वर्षीय पुस्कर रोका र सल्यान जिल्ला कुमाख गाउँपालिका-७ का २० वर्षीय रेशम विक छन्।

 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार घटना भएको बससँग सम्बन्धित व्यक्ति होइनन्। ना ४ ख ७८४८ नम्बरको बसको ढोका नलगाएको पाइएपछि उनीहरूले वृद्धालाई त्यही बसभित्र लगेका थिए।

 

प्रहरीका अनुसार रोका अर्कै बस र विक ट्रकका सहचालक हुन्।

 

उनीहरूले सडक पेटीमा बास बसेकी वृद्धालाई खाना खान लैजाने भनेर ललाइफकाइ बसभित्र लगेर बलात्कार गरेको स्वीकार गरिसकेको डिएसपी मल्लले जानकारी दिए।

 

उद्धार गरिएको वृद्धाको स्वास्थ्य परीक्षण गरी उनलाई तुलसीपुरस्थित एक सेफ हाउसमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मल्लले जानकारी दिए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page