


बैतडी -नेपाल एमालेकी पोलिटव्युरो सदस्य निरुदेवी पालले नेता कार्यकर्ताहरुलाई इमान्दरीताका साथ कामगर्न निर्देशन दिएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीका सस्थापक नेता पुष्पलाल श्रेष्ठको ४५औँ स्मृती दिवसका अवसरमा आयोजीत जनप्रतिनिधी भेला कार्यक्रमको सम्बोधन गर्दै एमाले बैतडी जिल्ला इन्चार्ज समेत रहेकी पालले कार्यकर्ताहरुमा इमान्दारी र दृढ इच्छाशक्तिले काम गर्न निर्देशन दिइन् ।

एमालेबाट चुनाव जितेका जनप्रतिधिले जनपक्षीय काममा ध्यान दिएमा चुनाव जित्न प्रचारको जरुरत नपर्ने बताइन् । पार्टीका संघ, प्रदेश र स्थानियतहसम्मका सबै जनप्रतिनिधीले जनताको मन जित्ने आधारको काम गर्न निर्देशन दिइन् । यसका साथै उनले पार्टी कार्यकर्ताहरुलाई पार्टी संगठन विस्ताको अभियानमा निरन्तर लाग्न निर्देशन दिइन् । उनले भनिन्,“पार्टीका कोहिपनि सदस्यहरुले विचलीत हुनुपर्ने जरुरत छैन्, हाम्रो पार्टी बिचारमा स्पष्ट भई सम्बृद्ध नेपाल, सुखि नेपालीको दृढ संकल्प सहित अभियानमा गोलवद्ध छ । त्यसैले आफ्नो नेतृत्वलाई विश्वास गरि पार्टी विस्तार संगठन सुदृढिकरणमा कटिबद्ध भएर लाग्नुस् ।”

पार्टी केन्द्रीय कमिटी सदस्य एंव पुर्व प्रदेशसभा सांसद लिलाधर भट्टले एमालेले सरकारको नेतृत्व गर्दा गर्व गर्न लायक कामहरु गरेकाले कामका कारण १नम्बर पार्टीको हैसियत बनाउने दावी गरे । पार्टीका प्रदेश कमिटी अध्यक्ष एंव बैतडीबाट निर्वाचीत प्रतिनिधीसभा सांसद दामोदर भण्डारीले पार्टीको बैचारीक दृष्टीकोणमा भ्रम राख्नुपर्ने आवश्यकता नभएको बताए ।





