Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको चडेपानीमा बदेल आतङ्क: मकैबाली नष्ट गर्न थालेपछि रातभरि जाग्राम

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी– प्रकाश भट्ट,बैतडीका बिभिन्न ठाउमा जंगली बदेलले पाक्नै लागेको कमैबाली नष्ट गर्न थालेको छ। किसानहरुले सक्दो परिश्रम गरेर खेतमा लगाएको मकैबाली पाक्न नपाउदै नष्ट गर्न थालेपछि किसानहरु चिन्तीत बनेका हुन।

 

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं–०७ चडेपानी,बिन्सेरी लगायत बिभिन्न ठाउँमा लगाएको मकैबाली जंगली बदेलले साखाप पार्न थालेपछि किसानहरु भोकमरी हुने चिन्तामा पुगेका हुन।

बैतडीको दाोगडाकेदार ०७ चडेपानीका जयराज भट्टले पाक्नै लागेको मकैबाली यसरि जंगली बदेलले नष्ट गर्न थालेपछि बदेल धपाउन खेतबारीमै झुप्रो बनाएर रातभर जाग्राम बस्नु बाध्यता भएको बताए। उनले भने बडो दुख र मेहनतले मकै लगायौ पाक्न नपाउदै बदेलले नष्ट गर्न थालेपछि रातभरि जाग्राम बस्नुपर्ने बाध्यता छ ।

जय भगवति मेलौली सुनचाँदी

दैनिक जसो ४,५ जना मिलेर बदेल धपाउछौ, यस्तो जाग्राम बस्ने बाध्यता मकै पाकिसकेपछि हट्छ। बदेल धपाउन स्थानीय सरकारले केहि प्रविधिको प्रबन्ध मिलाएपछि केहि किसानहरुलाइ राहत हुने उनको भनाइ छ।

यस्तै बैतडिकै दोगडाकेदार गाउँ पालिका २,५,६का बिभिन्न बस्तिहरुमा जंगली बदेलले कमैबाली नष्ट गर्न थालेको हो।

यस्तै बैतडीका अंधिकाश ठाउँहरुमा हरेक बर्ष जंगली जनावहरुले पाक्नै लागेका मकैबाली सखाप पादै आईरहेका छन।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page