Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा स्क्रब टाइफसका १७ जना बिरामी फेला परे

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुला -दार्चुलामा साउन यता मात्रै स्क्रव टाइफसका १७ जना विरामी फेला परेका छन्। जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि आएका १७ जनामा स्क्रव टाइफस देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी राजेश भट्टले जानकारी दिए।साउन १४ गते आइतवारसम्म १७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए। जसमध्ये जिल्लाको महाकाली नगरपालिकामा सबै भन्दा बढि ९ जनामा स्क्रब टाइफस देखिएको छ। दुहुँ गाउँपालिका, व्यासँ गाउँपालिकाका नौगाड गाउँपालिकाकाका २÷२ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको उनले बताए।

यस्तै मार्मा गाउँपालिकाका लेकम गाउँपालिकामा पनि १÷१ जना गरी १७ जनामा स्क्रव टाइफस देखिएको अस्पताल दार्चुलाका सुचना अधिकारी भट्टले बताए। भट्टका अनुसार स्क्रब टाइफस भएको बिरामीमा लामो समय ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी बाउडिने, जीउ दुख्ने र कुनै–कुनै बिरामीलाई झाडापाखाला र सामान्य खोकी लाग्ने जस्ता लक्षण समेत देखा पर्ने गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page