


बैतडि,:माघ २५
बैतडीमा आज ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टीजेनबाट गरिएको परिक्षणबाट ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कोरोना पुष्टि हुनेमा दोगडाकेदार गाउँपालिकाका ३, मेलौली नगरपालिकाका ३, पुर्चाैडी नगरपालिकाका २ र जिल्ला बाहिरका २ जना रहेका छन् ।

यसैगरी जिल्लामा आज ४५ जना निको भएका छन् । अब जिल्लाका १ सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।
पाटन नगरपालिकाका २७, दशरथथचन्द नगरपलिकाका १३, दोगडाकेदार गाउँपालिकाका ७, सिगास गाउँपालिकाका ४, मेलौली नगरपालिकाका ११, सुर्नया गाउँपालिकका ७ र पुर्चाेडी नगरपालिकाका १६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यसैगरी पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाँउपालिकामा तत्कालकालागि कोरोनाका सुन्य संक्रमित रहेका छन् ।बैतडीमा पछिल्ला समयमा कोरोना संक्रमणदर घट्दै गएको छ ।




