Vutlaxapu
Laxmibhuwan sun chadi

डम्बर हत्या प्रकरणमा रमाकान्त र गोपाल धरौटीमा रिहा, हरीश र नवराज कारागार चलान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडि:माघ २६गते बैतडीको सुर्नया गाउँपालिका– ६ का डम्मर अवस्थी हत्या आरोपमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत बैतडीले धरौटीमा रिहा गरेको छ ।

डम्बरकै गाउँका शिक्षक रमाकान्त अवस्थी र अर्का स्थानीय गोपाल अवस्थीलाइ शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । उनिहरुलाइ  मंगलबार जिल्ला अदालत बैतडीले ५०(५० हजार धरौटीमा रिहा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्त इन्सपेक्टर दर्शन खड्काले बताउनुभयो ।

जय भगवति मेलौली सुनचाँदी

घटनाको थप अनुसन्धानका लागि पीडितको किटानी जाहेरीका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको थियो । यसअघि डम्मरको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका हरिश अवस्थी र नवराज अवस्थीलाई भने अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला अदालत बैतडीका न्यायधीष तिलक कार्कीको इजलासले रमाकान्त र गोपाललाई धरौटीमा रिहा गरेको हो भने हरीस र नवराजलाई पुर्पक्षमा पठाएको हो । हरीस र नवराजले हत्यामा संलग्न रहेको यस अघीनै स्वीकार गरिसकेका थिए ।

गएको मंसिर १४ गते घरबाट हराएका डम्मरको शव घर नजिकैको जंगलमा पौष २८ गते फेला परेको थियो । उनको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा फेला परेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page