Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा पनि आँखा पाक्ने रोग फैलियो: सावधानी अपनाउन चिकित्सकको आग्रह

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिमका पहाडी जिल्लामा पनि आखाँ पाक्ने रोग देखा परेको छ । बैतडीमा पनि आँखा पाक्ने रोग देखा परेको हो ।

जय भगवति मेलौली सुनचाँदी

पछिल्लो दुई साताको अवधिमा आँखा पाक्ने समस्या ल्याएर करिब ७० जना बिरामीहरु उपचारका लागि आएको आँखा उपचार केन्द्र गोठलापानीले जनाएको छ । आँखा उपचार केन्द्र पाटनमा पनि पछिलले एक महिना देखि नै बिरामी आउन लागेको पाइएको छ । एक महिनाको अवधिमा ४ सय जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको नेत्र सहायक लता कार्कीले जानकारी दिइन् । जिल्लाका सबै ठाउँहरुबाट बिरामीहरु आइरहेकाले यो रोग तीब्र रुपमा फैलिरहेको नेत्र सहायक कार्कीले बताइन् ।

तराइका जिल्लाहरुमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोगका बिरामी पहाडी क्षेत्रमा पनि तीब्र फैलिरहेको पाइएको छ । यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । यो रोग सहजै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ ।

संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page