Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको दोगडाकेदारमा मल्लासैना लिफ्ट खानेपानी याेजना सम्पन्न

२ वटा योजनाहरु एकसाता भित्रै उद्घाटन गरिने।

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी – प्रकाश भट्ट,बैतडीको दोगडागाकेदार गाउँपालिका वडा नं ०३ मा मल्लासैना दलित बस्ती लिफ्ट खानेपानी योजना सम्पन्न भएको छ। आर्थिक बर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको मल्लासैना दलित बस्ती लिफ्ट खानेपानी योजनाको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्किले आज एक कार्यक्रमका विच उद्घघाटन गर्नुभएको हो।

जय भगवति मेलौली सुनचाँदी

३३ लाख ९९ हजार ३ सय ५४ रुपैँयाको लागतमा खानेपानी योजना सम्पन्न भएको मल्लासैना दलितवस्ती लिफ्ट खानेपानी योजनाका अध्यक्ष करन राम भुलले बताए। गाउँमा पानि पुगेपछि स्थानीय खुसि भएका छन। बर्षौ देखी पिठ्युँमा बोकेर पानी ल्याउने बाध्यता हटेको स्थानीयले बताए ।

मल्लासैना दलित वस्ती लिफ्ट खानेपानी योजनाबाट करिब ५५ घरधुरी लाभान्वित भएका छन। यस्तै सलेना लिफ्ट खानेपानी योजना,भम्क रिखाली लिफ्ट खानेपानी योजनामा पानि परिक्षण भइरहेको र ठेकेदारले हस्तान्तरण गर्न बाकि रहेकोले एक हप्ताभित्रै उद्घाटन गरिने गाउँपालिका प्रबक्ता दिनेश प्रसाद भट्टले बताए।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page