Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमका वन निर्देशकले मातहतका कार्यालयबाट रकम असुल्ने गरेको खुलासा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयहरुबाट रकम असुली गर्दै आएको खुलासा भएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका निमित्त निर्देशक भट्टले डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट अवैध रकम असुली गर्दै आएका हुन्।

 

जय भगवति मेलौली सुनचाँदी

कार्यालयका प्रमुखहरुले निमित्त निर्देशक भट्टलाई रकम बुझाउदै आएका छन्। मन्त्रालय स्रोतले उपलब्ध गराएको भिडिओमा निर्देशक भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन्।मन्त्रालय स्रोतले उपलब्ध गराएको भिडिओमा निर्देशक भट्ट मादक पदार्थ सेवन गरेको जस्तो देखिन्छन। उनले भिडिओमा भनेका छन, ‘उस्ले कति दियो मलाई २० दियो। कोले अछामले, बाजुराले दिएन। डोटीले ५० दियो। बझाङले २० दियो, दार्चुलाले दिएन। मतलब पनि भएन। बैतडीले दियो १४, कञ्चनपुरले ३० दियो। जोशी जीले ५० दिए।’

 

उनलाई डिभिजन वन कार्यालय बाजुराले भने रकम पठाएको छैन। मन्त्रालय स्रोतका अनुसार डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुले गैरकानूनी कामबाट कमाएको रकमबाट आधा रकम निर्देशक भट्टलाई पठाउने गरेका हुन्।

निमित्त निर्देशक भट्टले भने रकम नउठाएको बताएका छन्।उनै भट्टलाई सुदूरपश्चिम सरकारले पुनःनिर्देशकको जिम्मेवारी दिने तयारी गरेको छ। सुदूरपश्चिम सरकारले वन निर्देशक, डिभिजन वन कार्यालय तथा सब डिभिजन वन कार्यालयका प्रमुखहरुको सरुवा गर्न लागेको हो। प्रदेशका वन मन्त्री धामी र मुख्यमन्त्री कमलबहादुर शाहको बिचमा वनका कर्मचारी सरुवामा मतभेद देखिएको स्रोतले बताएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page