Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले केन्द्रीय कमिटी सदस्य पुरन सिंह दयालको जिम्मेवारी हेरफेर, इतिहाँस लेखनको जिम्मेवारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी- प्रकाश भट्ट- नेकपा एमालेले बैतडीबाट लामो समय राजनिति गर्दै आएका एमाले केन्द्रीय कमिटी सदस्य पुरन सिंह दयालको जिम्मेवारी हेरफेर गरेको छ। दयालको स्वास्थ्य लगायतका कारण देखाउदै जिम्मेवारी हेरफेर गरिएको बुझिएको छ। साउन ३० गते सुदुरपश्चिम प्रदेशका केन्द्रिय कमिटि सदस्यको बैठकमा दयाललाइ सुदुरपश्चिमको नेकपा एमालेको इतिहाँस लेखनको सँयोजकको जिम्मेवारी दिइएको एक नेताले बताए।

आफु बैतडी क्षेत्र नं १ को जिम्मेवारीमा काम गर्दै आएको र भौगोलिक हिसाबले पार्टीको काम गर्न स्वास्थ्यका कारण नसक्ने भएपछि आफ्नै आग्रहमा पार्टिबाट जिम्मेवारी हेरफेर गरिएको दयालले बताए।‘उनले भने , सुदुरपश्चिममा नेकपा एमालेमा र बामपन्थी आन्दोलनमा लामो समय जिवन ब्यतित गरेका ब्यक्तित्व हुनुहुन्छ र ओझेलमा परिरहेका छन। तिनिहरुको इतिहाँस पार्टिलाइ आवश्यक पर्दछ र मैले यो अभियानको अगुवाइ गरे। साथै उनले अब सुदुरपश्चिममा बामपन्थी आन्दोलनका लागि जिवन्त योगदान दिएका व्यक्तिहरुको खोजि गरिने र इतिहाँस लेखिने बताए। दयाल लामो समयदेखि नेकपा एमालेमा सकृय राजनिति गर्दै आएका छन।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page