



बैतडि:माघ २८ नेपाल सरकारले स्थानिय तह निर्वाचन को मिति घोषणा गरेसँगै नेपाल कम्युनिष्ट पार्टी एमाले दोगडाकेदार गाउँपालिका कमिटी ले सनिबार अर्थात् माघ २९ गतेदेखि आगामि स्थानीय तह चुनाव सम्बन्धि रणनीति तयार पार्न पालिका कमिटी बैठक आव्हान गर्ने भएको छ पार्टीको समसामयिक विषयमा र आगामि चुनाव लक्षित विशेष रणनिति तयार पार्न भोलि पालिका कमिटी बैठक बोलाएको एमाले दोगडाकेदार गाउँपालिका कमिटी सचिव कमल भुल ले जानकारी दिएका छन। कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव एबम दोगडाकेदार गाउँ पालिका अध्यक्ष चक्र कार्की ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका छन। कार्यक्रममा एमाले निकट जनवर्गीय सँगठनहरुलाइ ससक्त बनाउदै चुनाव लक्षित कार्यक्रम तयार पारिने बुझिएको छ। कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमाले को आठौँ जिल्ला अधिवेशनबाट दोगडाकेदार गाउँ पालिकाबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रम समेत रहेको बताएका छन।




