Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीको स्वस्तिक अस्पतालमा डक्टरले किड्नी झिक्दा बिरामीको मुत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः धनगढीको सहिदगेट नजिक रहेकी स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा पत्थरीकोशल्यक्रिया गर्न आएका बिरामीको मृत्यु भएको छ। दुबै मृगौलामा पत्थरी भएर शल्यक्रिया गर्न आएका कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको हो। मृगौलाको शल्यक्रिया गरेर १४ एमएम र साढे नौ एमएमको पत्थरी निकालिएको भए पनि शल्यक्रियामा गरिएको त्रुटिले बिरामीको ज्यान गएको आफन्तले आरोप लगाएका छन्।

 

मृतक चौधरीका भाइ नाता पर्ने विष्णुप्रसाद चौधरीका अनुसार ९ गते शनिबार बिहान ११ बजे बिरामीलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा डाक्टरले दुबै मृगौलामा पत्थरी रहेकाले शल्यक्रिया गर्न सुझाव दिएका थिए। अस्पतालले बिरामीलाई सोही दिन दिउँसो १ः३० मा शल्यक्रिया कक्षमा लगेका थिए। चौधरीको शल्यक्रिया दिउँसो २ः३० मा सकिएको थियो। शल्यक्रियामा संलग्न चिकित्सकले अप्रेसन सफल भएको बताएका थिए।शल्यक्रिया गरेको १ घण्टापछि बिरामीले पेट दुख्न थालेको बताएको विष्णुप्रसादले बताए। बिरामीको स्वास्थ्यमा देखिएको समस्याका बारे अस्पतालमा कार्यरत नर्सलाई भन्दाभन्दै बिरामी बेहोस भएको आफन्तले बताएका छन्। मृतक चौधरीकी छोरी सुस्मा दहितले आफ्ना बुवाको साँझ ७ बजेतिर दोस्रो शल्यक्रिया गरेर एउटा मृगौला झिकिएको बताइन्। ‘डाक्टरले पथ्यरी निकाल्दाभित्र नसा काटिएकाले आन्तरिक रक्तस्राव भयो।

 

जय भगवति मेलौली सुनचाँदी

तसर्थ बिरामीलाई बचाउन मृगौला झिक्नुपर्ने बताएपछि हामीले हुन्छ भनेर मन्जुरी दिएका हौँ,’ उनले भनिन्, ‘दोस्रो शल्यक्रिया गरेर मृगौला झिकेपछि बुवा होसमा नै आउनु भएन। अस्पतालको लापरबाहीले बुवाको ज्यान गएको हो।’ अस्पतालमा कार्यरत सर्जन डाक्टर जोनस तिवारको टोलीले चौधरीको शल्यक्रिया गरेको आफन्तले बताएका छन्।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ मृगौलाको पत्थरी झिक्ने क्रममा किड्नीको नसा काट्न पुग्दा अत्याधिक रक्तश्राव भएको र त्यसपछि मृगौला झिक्न अर्को शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको हो। दोस्रो शल्यक्रिया पश्चात् बिरामीको अवस्था थप नाजुक भएपछि डाक्टरले अब सकिँदैन भनेर भनेको आफन्तले बताएका छन्।

 

मृतकी छोरी सुस्मा दहितका अनुसार पहिलो शल्यक्रिया गर्नुपूर्व बिरामीको शरीरमा ६ प्वाइन्ट रगत रहेकोमा शल्यक्रिया पश्चात् घटेर दोस्रो शल्यक्रिया गर्न लैजाँदा दुई प्वाइन्ट मात्रै रगत रहेको डाक्टरले बताएका थिए। शनिबार रातभर रेडक्रसको रक्तसञ्चार केन्द्रबाट २३ प्वाइन्ट रगत चढाइएको थियो। डाक्टरले शल्यक्रियासफल भयो भनेर झुठो बोलेर आफ्नो गल्ती ढाकछोप गर्न खोजेको मृतका सम्धी पुनाराम चौधरीले बताए।

 

उनले भने, ‘गल्तीको सजाय अस्पताल र डाक्टरले पाउनुपर्ने हुन्छ। अस्पताल खुल्दाखुल्दै बदमासी गरिएको छ। मान्छेको ज्यानमाथि गरिएको खेलबाड क्षम्य हुनुहुन्न।’ ऐजनलालको मृत्युु भएको विषयमा अस्पतालसँग कुराकानी गर्न खोज्दा अध्यक्ष महेश जोशीले एकछिनपछि फोन गर्ने भन्दै औपचारिक जानकारी दिन मानेनन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page