


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाका शैक्षिक संस्था आज बन्द हुने भएका छन् । दोगडाकेदार गाउँपालिका–६ सित्तडस्थित भगवती माविका प्रधानाध्यापक गणेशसिंह भण्डारीको निधन भएपछि गाउँपालिकामा रहेका सबै विद्यालयमा शोक विदा दिइएको हो ।

लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै सोमबार मृत्यु भएको बताइएको छ ।
अनुभवी र शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्याएका भण्डारीको निधनमा शिक्षा क्षेत्रमा अपुर्णीय क्षति पुगेको जनाउदै एक दिनका लागि शोक बिदा दिएको हो ।





