


बैतडी – प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ स्थित भगवति माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश सिंह भण्डारीको दुखद निधन भएको छ। अस्पताल लैजादै गर्दा सोमबार साँझ बाटोमै मृत्यु भएको दोगडाकेदार गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गोपाल सिंह कार्कीले बताए।

लामो समयदेखि मुटु सम्बन्धी समस्याका रहेको र अचानक समस्या बढेका कारण अस्पताल लैजादै गर्दा शिक्षक भण्डारीको मृत्यु भएको वडा अध्यक्ष कार्किले बताए।लामो समयदेखि शिक्षण पेशामा आवद्ध शिक्षक भण्डारी इमान्दार असल स्वभाव र मिलनसार थिए।
भण्डारीको निधनप्रति दुख ब्यक्त गर्दै दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण शैक्षिक सँस्थाहरुमा मंगलबार बिदा दिएको छ।




