Vutlaxapu
Laxmibhuwan sun chadi

शैल्यशिखर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज ठप्प

सेवाग्राही समस्यामा, विकासका योजना प्रभावित

Betaleswar sun
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,दार्चुलाको शैल्यशिखर नरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगर क्षेत्रभित्रका सेवाग्राहीहरू समस्यामा परेका छन् ।

प्रशासकीय अधिकृत नभएकै कारण नगरपालिकाले सञ्चालन गर्दै आएका सम्पुर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको सरोकारवालाको गुनासो रहेको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

असारको अन्तिम सातादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्ट निलम्बनमा परेपछि शैल्यसिखर नगरपालिकाले प्रभाह गर्ने सम्पुर्ण सेवाहरू प्रभावित भएको नगरपालिकाका प्रमुख बिजय सिंह धामिले बताए ।ंउनले भने ,– ‘प्रशासकीय अधिकृत नहुँदा योजनाहरुको सम्झौता, ठेक्का सम्झौता,लगायत दैनिक कामकाज गर्न सकिएको छैन् । सेवाग्राही समस्यामा परेका छन।कार्यकारी आउने कुनै टुङ्गो छैन् ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दा लागेर बर्षदिनदेखि निलम्बनमा रहेका एक जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर नगरपालिकामा खटाएको समाचार सुनिएको र अहिले सम्म सम्पर्कमा समेत नआएको नगर प्रमुख धामिले बताए।

मन्त्रालयले बर्ष दिनदेखि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका उपसचिव पदमबहादुर बुढालाई दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको थियो।कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृतका रुपमा कार्यरत रहँदा उनी भ्रष्टाचार मुद्दामा डामिएका थिए।

गत बर्ष भदौं २६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड बढी बिगो मागदाबी गर्दै उनीसहित अन्य १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।यसरी भ्रष्टाचार मुद्दा दायर भएका कर्मचारी स्वत निलम्बनमा पर्दछन्। सामान्यले भ्रष्टाचार मुद्धामा डामिएका उनै बुढालाई दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको छ। तर उपसचिव बुढा सम्पर्कमा समेत नआएको नगरपालिकाले जनाएको छ।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page