


दार्चुला – प्रकाश भट्ट,दार्चुलाको शैल्यशिखर नगरपालिकामा नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवासंघ नेपाल र अखिल नेपाल महिला संघको प्रथम नगर अधिवेशन सम्पन्न भएको छ।
नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य राम दत्त जोशिको प्रमुख आतिथ्यता र राष्ट्रिय युवा संघ नेपाल दार्चुला जिल्ला इन्चार्ज कोमल राज बिष्ट र राष्ट्रिय युवा संघ नेपाल अधिबेशन आयोजक कमिटि अध्यक्ष महेश सिंह भण्डारीको अध्यक्षतामा नगर अधिवेसन सम्पन्न भएको हो। कार्यक्रममा शैल्यशिखर नगरपालिका इन्चार्ज एवं नगर प्रमुख बिजय सिंह धामि बिशिष्ट अतिथि रहेका थिए।

सम्पन्न अधिवेशनले राष्ट्रिय युवासंघ नेपालको नगर कमिटीमा हरिष सिँह ठगुन्नाको नेतृत्वमा ३३ सदस्सिय कमिटी चयन गरेको छ। यस्तै अखिल नेपाल महिला संघको नगर कमिटीमा सान्ति खडायतको नेतृत्वमा २७ सदस्सिय नगरकमिटी गठन गरिएको राष्ट्रिय युवा संघ नेपाल दार्चुला इन्चार्ज कोमल राज बिष्टले बताए।

अधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य रामदत्त जोशिले महिला आन्दोलनलाई यहाँसम्म ल्याउन संघर्ष गरेका अग्रजहरूको स्मरण गर्दै संविधानले निर्दिष्ट गरेका महिला अधिकार सुनिश्चित गर्न अझै संघर्ष गनुपर्ने आवश्यकता रहेको बताए ।देशको जनसंख्याको आधा हिस्सा अेागटेका महिलाहरूको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकास गरेर नेतृत्व तहमा नपुग्दासम्म देशको समग्र विकास हुन नसक्ने धारणा उनले व्यक्त गरे।

यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि शैल्यशिखर नगरकमिटि इन्चार्ज विजय सिंह धामिले हरेक राजनीतिक आन्दोलनमा महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै महिलाहरूको भूमिकालाई नजरअन्दाज गरेर अगाडि बढ्न नसकिने बताए । धामिले नेकपा एमालेको शाख राख्न र पार्टीलाई अगाडि बढाउन अनेमसंघको अहम् भूमिका रहेको चर्चा गरे ।

यस्तै प्रमुख अतिथि जोशि र बिशिष्ट अतिथि धामिले समाज र देश बनाउन युवा शक्तिको खाचो भई पार्टी बलियो बनाउनुमा पनि युवाको भूमिका महत्त्वपूर्ण हुने भएकोले त्यो अनुसारले लाग्न राष्ट्रिय युवा संघ नेपाल शैल्यशिखर नगर कमिटीलाइ आग्रह गरेका थिए।





