



बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते स्थानीय विदा दिइएको छ । २१ गते मनाइने गौरा पर्वको अवसरमा दोगडाकेदार गाउँपालिका भित्र यही भदौ २१ र २२ गते स्थानीय बिदा दिने निर्णय गरिएको गाउँपालिका प्रबक्ता दिनेश प्रसाद भट्टले बताए।
यो वर्ष दोगडाकेदारका केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ । भने अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ गौरापर्वको सुरुको दिन आज सोमबार विरूडा भिजाएर सुरू भएको छ।




