Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाका कर्मचारीले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,दोगडाकेदार गाउँपालिकाका कर्मचारीहरुले निजामती सेवा दिवस नमनाउने भएका छन । गाउँपालिकाका कर्मचारीहरुले कालोपट्टी बाँधेर निजामती सेवा दिवस मनाउने तयारी गरेका छन ।

मंगलबार दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारीहरुले दस सूत्रीय माग राख्दै सो दिवस नमनाउने भन्दै संयुक्त विज्ञप्ती जारी गरेका छन । दोगडाकेदार गाउँपालिकाका कर्मचारीहरुले सो दिवसलाई विरोध स्वरुप कालोपट्टी बाँधेर मनाउने दोगडाकेदार गाउँपालिकाका अधिकृत रविन्द्र बहादुर धामिले बताएका छन ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ ४ गते गाउँपालिकालाइ  २२ भदौमा निजामती सेवा दिवस मनाउन पत्राचार गरेको थियो ।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिकाका कर्मचारीहरुको सेवा सुविधा, वृत्ति विकासको सुनिश्चित नभएको र प्रस्तावित संघिय निजामती सेवा ऐनको मस्यौदामा स्थानिय तहका कर्मचारीहरुलाई निजामतीमा नसमेटिएकाले निजामती सेवा दिवस उपयुक्त नठानी सो दिन हातमा कालोपट्टी बाँधेर विरोध जनाउने दोगडाकेदार गाउँपालिकाका अधिकृत रविन्द्र बहादुर धामिले बताए ।

त्यस्तै स्थानिय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी व्यवस्था नभएसम्म निजामती सेवा दिवस नमनाउने भन्दै उनिहरुले संयुक्त विज्ञप्ती मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन ।

 

उनिहरुले संघीय निजामती सेवा ऐन नभइ एकिकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानिय तहमा मात्र हुनपर्ने, चक्रीय सरुवा प्रणाली हुनपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने माग राखेका छन ।

 

त्यस्तै निजामती कर्मचारीहरुले अस्पतालमा सबै कर्मचारीहरुको उपचार पाउनु पर्ने, प्रमुख प्रशासकीय पद स्थानिय तहकै हुनुपर्ने र स्थानिय तहमा कार्यरत कर्मचारीहरुको पूर्ण सुरक्षाको प्रत्याभुति हुनुपर्ने लगायतका माग राखेका छन

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page