Vutlaxapu
Laxmibhuwan sun chadi

पन्ज्युनयाँमा एक घरबाट सुनका गहना र नगद चोरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित एक घरबाट सुनका गहना र नगद चोरी भएको छ। पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको हो।

 

जय भगवति मेलौली सुनचाँदी

गतराति घरका मान्छे सबै गौरामा गएका वेला झ्याल फुटालेर चोरी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनले भने, ‘घरका सबै मान्छे गौरा हेर्न गएका रहेछन्,झ्याल फुटालेर २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको भनेर निवेदन आ’को छ।’

 

चोरी गतराति भए पनि प्रहरीलाई आज मात्रै खबर भएकाले चोरी गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन। चोरी गर्ने व्यक्तिको खोजी र घटनाबारे थप अनुसन्धानका प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page