


बैतडी -प्रकाश भट्ट, बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिका भित्र रहेका सम्पुर्ण सामुदायिक बिधालय तत्काल खोल्न निर्देशन दिएको छ।
हालै संघिय संसदमा दर्ता भएको बिधालय संसोधन र एकिकरण गर्न बनेको बिधेयकको सन्दर्भमा नेपाल शिक्षक महासंघ दोगडाकेदार गाउँपालिकाले पालिका भित्र रहेका सम्पुर्ण सामुदायिक बिधालय बन्द गराइ शिक्षक आन्दोलनमा सकृय भएको प्रति गांउपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्ती जारि गरेको छ।

बिधार्थीको सम्बिधान प्रदत्त मौलिक हकको कार्यान्वयनमा प्रतिकुल प्रभाव पर्ने र बिधालय शान्ती क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८मा भएका व्यवस्थाहरुको विपरीत हुनेगरी कनैपनि बन्द हड्ताल र आन्दोलनका कार्यक्रमहरू गर्न नमिल्ने कानुनि प्रावधान प्रति ध्यानाकर्षण गराउदै गाउँपालिकाले सचेत गराएको छ।
शिक्षकहरुले उठाएका जायज मागहरुप्रति पालिकाको समर्थन रहेपनि बिधार्थीको जिवनमा प्रभाव पार्ने किसिमले आन्दोलनमा सरिक हुन नमिल्ने जनाएको छ । गाउँपालिकाले बिधार्थीहरुको नियमित पठनपाठनमा समस्या नपर्ने र आफ्ना मागहरु लाइ शान्तिपूर्ण किसिमले सम्बन्धित निकायमा राख्नसकिने भएकोले शुक्रबारदेखि नियमित पठनपाठन गराउन पालिकाभित्र रहेका सम्पुर्ण सामुदायिक बिधालय हरुलाइ निर्देशन दिएको छ।





