


बैतडी -नेपाल प्रहरीले निबन्ध लेखन प्रतियोगिता गर्दै छ । सोही अनुसार भाग लिन इच्छुक विद्यार्थीहरुलाई निबन्ध लेखन प्रतियोगितामा सहभागिताका लागि स्थानीय तहलाई परिपत्र गरेको छ ।
६८ औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता गर्न लागेको हो । निबन्ध प्रतियोगिताका कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । त्यसका लागि सम्बन्धित स्थानीय तह वा सम्बन्धित जिल्ला प्रहरी कार्यायमा यही असोज १०गतेभित्रै नाम दर्ता गरिसक्नु पर्ने छ । १२ गते बिहान ८ देखि ११ बजेसम्म निबन्ध लेखनको लिखित परिक्षा हुने छ । निबन्ध १५ सय देखि २हजार शब्दमा लेख्नुपर्ने छ ।

जिल्लामै गठन गरिने मुल्याङ्कन समितिले गरेको निर्णयको आधारमा प्रथम स्थान हासिल गरेका विद्यार्थीको निवध्न सहितको विवरण प्रदेशमा पठाइने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक खेम बिक्रम केसीले जानकारी दिए । जिल्लामा भएको परीक्षामा प्रथम प्रथम, द्वितिय र तृतिय हुने विद्यार्थीलाई असोज अन्तिम वा कार्तिक पहिलो साता हुने ६८ औँ प्रहरी दिवसको अवसरमा सम्मान गरिने उनले बताए ।
परीक्षामा सहभागि हुने विद्यार्थीको आवत जावतमम सम्बन्धित स्थानीय तह वा विद्यालयले सहजीकरण गर्नुपर्ने बताइएको छ ।
देशभरीबाट प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई नगद २५ हजार प्रदान गर्दै सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।




