


बैतडी -बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन् । बारुद बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिला बिहिबार पक्राउ परेकी हुन् ।

झुलाघाटबाट बैतडीतर्फ आउदै गरेको से१ ज ४०९ नम्बरको जिपमा सवार बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई सोही नगरपालिकाको वडा नं ८को झुलाघाट नजिकैको मौरीभीर भन्नेस्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजीसहित १२ केजी अवैध पदार्थ फेला परेको उनले बताए ।
सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थ सहित पुष्पा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए । थप अनुसन्धान भइरहेको उनले बताए ।




