


बैतडी -बैतडीको सुर्नया गाउँपालिकाले विद्युतीकरणमा जोड दिइरहेको छ । हालैमात्र वडा नं ७ को झड्बो टोलमा करिब एक सयभन्दा बढी घरहरुमा विद्युत जडान गरिएको छ । गाउँमा विद्युत पुगेपछि शनिबार स्थानीयहरुले जनप्रतिनिधिहरुसँग खुसी साटासाट गरेका छन् ।
गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँर, वडा अध्यक्ष भक्त बहादुर कुवँर लगायतका जनप्रतिनिधि, विद्युत वितरण केन्द्रका कर्मचारी लगायतसँग स्थानीयहरुले अबिरमाला लगाएर धन्यवाद ज्ञापन गर्दै खुसी साटेका हुन् । झड्बौका करिब सबै घरहरुमा विद्युत बालिएको गाउँपालिका अध्यक्ष अमर बहादुर कुवँरले जानकारी दिए । अन्य टोलहरुमा पनि क्रमषः विद्युत जडानको काम भइरहेको उनले बताए ।


सुर्नया गाउँपालिका वडा नं ८ मा विद्युत विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ । वडा नं ८ का अधिकांस ठाउँमा विद्युत पुगेको छैन ।
गाउँपालिकामा छिटोभन्दा छिटो विद्युतीकरण गर्ने अभियान अन्तरगत छिटफुट सबै ठाउँमा विद्युत विस्तारमा जोड दिइने गाउँपालिका अध्यक्ष कुवँरले बताए ।




