गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

काँग्रेस उपसभापति सहित २ दर्जन बढि कार्यकर्ता एमाले प्रबेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

बैतडी फागुन१० काँग्रेस उपसभापति सहित २ दर्जन बढि कार्यकर्ताले एमाले प्रबेश गरेका छन।एमाले दोगडाकेदार  वडानं ४ले आयोजना गरेको एक कार्यक्रमकाबिच  उनिहरुले एमाले प्रबेश गरेका हुन।एमाले दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष काँशिसिँह बिष्ट का अनुसार पार्टी प्रबेश गर्नेमा नेपालि काँग्रेसबाट दोगडाकेदार गाँउपालिका वडा नम्बर ४ उपसभापति टेक सिँह भन्डारी,मोहन सिंह भन्डारी, खेमराज भट्ट,किषन मार्कन्ड सहित १७ जनाले एमाले प्रबेश गरेका छन।यस्तै माओवादी केन्द्रका तर्फबाट जिल्लाकमिटि सदस्य चिन्तामणिठगुन्ना लगाएत राप्रपा र माअाेवादी बाट ५/५ जना रहेका छन।एमाले दोगडाकेदार वडानं ४ गाउँ कमिटी अध्यक्ष तर्कराज भट्ट को अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव एबम दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की प्रमुख अतिथि रहनुभएको थियो।नवप्रवेशी हरुलाइ प्रमुख अतिथिले स्वागत गरेका छन। कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कि ले स्थानिय तहको चुनावमा केन्द्रित हुन सबैलाइ निर्देशन दिनुभयो।अहिलेको युग एमालेयुग  रहेको र देशमा एमाले मात्रै जनताको पार्टी रहेको बताउनु भयो।फरक प्रसँगमा बोल्दै उनले ,राम्रा जति हाम्रा,रहेको र विकाश बिरोधि तत्व एमालेबाट अलग भएको र केहि दिनमा पतन भएर जाने बताएका छन। बाटो बिर्सेर भौतारिएका हरुलाइ एमालेमा फर्कन आग्रह गरेका छन्।दोगडाकेदार गाँउपालिका समृद्ध पालिका बनिरहेकोमा बिकाश बिरोधिहरुलाइ अप्ठ्यारो महसुस भइरहेकोले दोगडाकेदारमा मात्रै नभएर देशमा नै एमाले पहिलो पार्टी बन्ने दाबि समेत गरेका छन। कार्यक्रममा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। पछिल्लो अवस्थामा एमाले पार्टिमा प्रबेष गर्नेहरुको लहर चल्न थालेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page