Vutlaxapu
Laxmibhuwan sun chadi

एमाले अध्यक्ष ओली धनगढीमा, भोलि बैतडी आउने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन। उनी मङ्गलवार साँझ धनगढी पुगेका हुन्।नेकपा एमालले बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेबाट सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली पुगेका हुन। एमाले अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू पनि धनगढी पुगेका छन्। उनीहरु सबै आज धनगढीमा नै बस्ने एमालेका प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले बताए।

जय भगवति मेलौली सुनचाँदी

महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोलि आउने भएका छन्।नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्माका अनुसार उनीहरु भोलि बैतडी आउने छन। मङ्सिर १४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन्।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्। यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी एमालेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page