Vutlaxapu
Laxmibhuwan sun chadi

शिवनाथमा समाजवादीको सिंगो गाउँपालिका कमिटि सहित १५६ जना एमालेमा प्रवेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: फागुन २१ बैतडिको शिवनाथ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य हजारी साउँद सहित १५६ जनाले एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले शिवनाथमा आयोजना गरेको गाउँपालिकास्तरीय कार्यकर्ता भेलामा उनीहरुले पार्टीमा प्रवेश गरेको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले जानकारी दिएका छन्।  एकीकृत समाजवादीको सिंगो गाउँपालिका कमिटि एमालेमा प्रवेश गरेको उनले बताएका हुन।

जय भगवति मेलौली सुनचाँदी

कार्यकर्ता भेलामा एमाले छोडेर एकीकृत समाजवादी लागेका जनप्रतिनिधिहरु पनि एमालेमा समाहित भएका उनले बताएका छन। यस्तै नेपाली कांग्रेसबाट २६जनाले पनि एमालेमा प्रवेश गरेको भण्डारीले बताएका छन्।

पार्टीमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई एमालेका प्रदेश अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सदस्य लिलाधर भट्ट लगायतका नेताहरुले पार्टीमा स्वागत गरेको एमाले बैतडीका प्रचार तथा प्रकाशन विभाग प्रमुख लोकबहादुर भण्डारीले बताएका छन्।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारीले पार्टीमा फर्केकाहरुलाई उचित जिम्मेवारी दिइने बताएका छन । विगतमा पार्टी छोडेर गएकाहरु पार्टीमा फर्किनु राम्रो कुरा भएकाले बाटो बिराएकाहरुले समयमै सोच्नुपर्ने उहाले बताउनुभयो। पछिल्लो अवस्थामा एमाले प्रबेश गर्नेहरुको लहर चल्न थालेको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page