



बैतडी:फागुन २४माओवादीकेन्द्रका जिल्लाकमिटी सदस्य तथा दोगडाकेदार गांउ पालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्की सहित १०५ जनाले एमाले प्रबेश गरेका छन्।ने.क.पा.एमाले दोगडाकेदार गांउकमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रममा उनिहरुले एमाले प्रबेश गरेका छन।एमाले दोगडाकेदार गाउँपालिका कमिटी सचिव कमल भुल का अनुसार पार्टी प्रबेश गर्नेमा माओवादी केन्द्रका जिल्लाकमिटी सदस्य तथा दोगडाकेदार गांउपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्की को नेतृत्वमा ४२ जना,ने.क.पा.माओवादी(बिप्लब)का जिल्लाकमिटी सल्लाहकार अकबर को नेतृत्वमा १८ जना,ने.बि.संघ दोगडाकेदार गांउपालिका कमिटी अध्यक्ष केशव राज जोशिको नेतृत्वमा २२ जना,युवाउद्यमी सुरेन्द्र भाटको नेतृत्वमा ८ जना, राष्ट्रिय प्रजातन्त्र का बहादुर सिंह भाट को नेतृत्वमा ८ जना समाजसेवि हर्कबहादुर चन्द को नेतृत्वमा ७ जना रहेको बैतडीबुलेटिन लाइ जानकारी दिएका छन्। नेकपा एमाले दोगडाकेदार गाउँ कमिटी अध्यक्ष कांशिसिंह बिष्ट को अध्यक्षता मा सन्चालन भइरहेको कार्यक्रममा ने.क.पा.एमाले केन्द्रीय सदस्य तथा बैतडि जिल्ला सह इन्चार्ज एबम प्रदेशसभा सदस्य लिलाधर भट्ट रहेका छन्। यस्तै विशिष्ट अतिथिमा पुर्व अर्थराज्यमन्त्री एमाले प्रदेश कमिटी अध्यक्ष एबम संघिय सांसद दामोदर भन्डारी,एमाले जिल्ला कमिटी अध्यक्ष सुरेन्द्र पाल,जिल्ला उपाध्यक्ष रमिल बम, जिल्लाकमिटी सचिव एबम दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की रहेका छन्। अहिले नेताहरुले कार्यक्रम सम्बोधन गरिरहेका छन।




