Vutlaxapu
Laxmibhuwan sun chadi

कैलालीमा भारतीय नागरिकबाट एउटा गाउँ नै लुटियो।

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कैलालीमा एउटा गाउँ नै लुटिएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मीका स्थानीय महिलाबाटै लुटिएका छन्।

 

जय भगवति मेलौली सुनचाँदी

ती गाउँका करिब २० परिवार भारतीय एक महिलाबाट लुटिएका हुन्। हरेक घरबाट डेढ तोलाका दरले ती महिलाले सुन संकलन गरेर अहिले फरार भएको पीडितहरुले गुनासो गरेका छन्। नाम, ठेगाना नखुलेकी ती भारतीय महिलाले पुरुष घरमा नभएका परिवारका महिलालाई निसाना बनाएर सुन, चाँदी, तामा, काँसा, पित्तल लगेर फरार भएकी छन्।

पुरुष काम विशेषले बाहिर भएका महिलाहरुलाई निसाना बनाएर ती महिलाले बल्मीका करिब २० परिवारलाई ठगेको स्थानीय अशोक रोकायले बताएका छन्। ‘आफु काम विशेषले बाहिर भएको बेला मेरै घरका सदस्यलाई विभिन्न प्रलोभनमा पारेर डेढ तोला सुन, तामा, चाँदी, काँसाका कचौरा, लोटा लिएर फरार भएकी छन्।’भारतीय मुलकी ती महिलाले सुरुमा पुराना भाडा लिएर नयाँ भाडा निःशुल्क रुपमा दिने कार्यबाट ठगीको योजना बनाएको बुझिएको छ। कुनै महिलाबाट सुरुमा दुई हजार नगद मागेर अर्कोदिन त्यो भन्दा बढी पैसा दिएर पनि ठगीको योजना बनाएको खुल्न आएको छ। यसैगरी एक तोला सुन दियो भने दुई तोला पाइने भन्दै ग्रामीण समुदायका महिलालाई ठगी गरेको स्थानीयको गुनासो छ।

प्रत्येक घरबाट गरी १५ देखि २० तोला सुन संकलन गरेर अहिले ती महिला फरार छन्। काखमा बच्चा च्यापेर चार पाँचदिन नियमित बल्मी क्षेत्रमा आइरहने ती महिलाले पुरुष घरमा नभएका महिलालाई छानी–छानी ठगी गरेको पाइएको हो। स्थानीयका सबै भाडावर्तन समेत लगेर अहिले ती महिलाको कुनै अत्तोपत्तो छैन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page