


बैतडी प्रकाश भट्ट -बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ मा निवर्तमान जनप्रतिनिधि लोक बहादुर भण्डारी जनताको घरदैलोमा जुटेका छन। वर्तमान जनप्रतिनिधिहरुले के कसरि काम गरिरहेका छन।हिजोका जनप्रतिनिधिहरुको भन्दा फरक भयो अर्थात् जनताहरुले के कस्तो अनुभूति गरेका छन लगायतका बिषयहरुमा जानकारी लिन लोकबहादुर जनताको घरदैलोमा जुटेका हुन।
उहाले खासगरी पाटन नगरपालिका वडा नं ९ मा विकाश निर्माण कसरी भइरहेको,योजनाहरु कसरि कार्यान्वयन भइरहेका छन, जनताहरुले पाउने सुविधाहरु, अर्थात खेप्नुपरेको सास्तीका बारेमा जनताको घरदैलोमै गएर जानकारी लिइरहेका छन। जनताहरुसंग निवर्तमान जनप्रतिनिधि जनताको घरदैलोमा पुग्दा त्यो क्षेत्रका बासिन्दा खुलेरै निवर्तमान वडा अध्यक्ष लोकबहादुर भण्डारी संग बर्तमान सरकारले गरिरहेको विकासका बारेमा छलफल गरिरहेका छन् ।

त्यसो त निबर्तमान वडा अध्यक्ष लोकबहादुर यस्तो अभियान लिएर जनताको घरदैलोमा जाँदा जनताबाट नकारात्मक प्रतिक्रिया पाएको बताउँछन् ।
विगतमा निर्वाचन अघिसम्म हात जोड्दै घरदैलोमा आइपुग्ने र निर्वाचन जितेपछि वेपत्ता बन्ने जनप्रतिनिधिको व्यवहारबाट दिक्क बनेका जनता यो पटक निबर्तमान जनप्रतिनिधिबाट पाएको फरक खालको जनचासोबाट उत्साहित बनेका हुन् ।
लोकबहादुर जनताको घरदैलोमा जादै गर्दा र आफुले देखेको बिकास निर्माण र जनताहरुले दिएको प्रतिकृया यसरि बताउछन।


पाटन नगरपालिका ०८ हरिचन बाट भित्र प्रबेश गरेर धारापानी गाडबाट सिलगापानी जाने सडकको अवस्था देख्दा निकै दुख लाग्यो । सिलगापानी र कर्तेकोट का जनताले भोग्नु परेको समस्या देख्दा आखिर स्थानिय सरकार कहा छ ? के फरक पार्टी बिचार संग रहेका टोल हरुमा बाटो निर्माण गर्नु पर्दैन त ? राज्यले यस्तै गर्ने होत?

पाटन नगरपालिका ०९ सिलगापानी बस्ने जया सिंह भाटको घर गत कार्तिकमा गएको भुकम्पले क्षतविक्षत बनाएको छ घर चर्केर बस्न सक्ने अवस्थामा छैन, वडा कार्यालय नगरपालिकामा प्रहरी मुजुल्का सहित निबेदन दिदा हाल सम्म कुनै प्रकृया अगाडी बढेको छैन आखिर राजनितिक पुर्वाग्रह कै हिसाबले होत निबेदन माथि सुनिवाई नभएको ? जया भाट भन्छन म माथि भेदभाव गर्यो वडा सरकार के का लागि?

पाटन नगरपालिका ०९ सिलगापानी बस्ने भान सिह भाट को सुन्तला बारीमा झण्डै ६ महिना अघि बिजुलीको तारले सुन्तला बोट लाई छोयो साना बच्चा अनि हरियो रुख हुदा करेन्ट प्रबाह हुने र ठुलो क्षति हुने डरले वडा कार्यालय लाई पटक पटक भन्दा पनि सुनुवाई नगरेकोले आजै बिद्युत कार्यालय बैतडीका प्रमुखसँग समुन्वय गरी आजै समस्या समाधान गरियो। आखिर जनतालाइ स्थानीय सरकारले यस्तै ब्यबहार देखाउने हो र?
अहिले जनप्रतिनिधिले हरुले विकासमा पनि राजनिती गरेको र हिजोको दिनमा गठबन्धन लाई भोट दिएका आफ्ना नजिक लाई मात्र हेरेको तर अन्य जनता लाई पार्टीगत हिसाबले हेरेको स्थानीयको गुनासो रहेको समेत बताए। यस्तै भण्डारीले चुनावका बेला विकासमा कायापलट ल्याउँछौ भनेर बोलेका कुरा अहिले कति पुरा भए? वडामा पहिला कति बजेट थियो?अहिले कति बजेट लगाएतका बिषयमा जनताहरु संग समिक्षा भएको बताए।आफुले सबैतिर निरास भएका जनतालाई आसाबादी बनाउदै स्थानिय सरकारलाइ खबरदारी सहित आगामि अभियान जारि राख्ने बताए।
स्थानिय तह निर्वाचनमा ५ दलिय गठबन्धन संग एमालेबाट प्रतिस्पर्धी रहेका भण्डारी झिनो मतले पराजित भएका थिए




