



बैतडी -आज सुदुरपश्चिम प्रदेशको पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा नै रहनेछ । देशका अरु ठाउँमा बदली भएको मौसममा भोलिदेखि हल्का सुधार हुने अनुमान छ ।




