Vutlaxapu
Laxmibhuwan sun chadi

ब्याँसमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी- प्रकाश भट्ट,दार्चुलाको ब्याँसमा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ब्याँस गाउँपालिका ४ स्थित सम्पाल माबि सुन्सेराको प्रांगणमा प्रतियोगिताको आइतबार उद्दघाटन गरिएको हो ।

 

गाउँपालिकाका सामाजिक विकास समिति संयोजक उपेन्द्र सिंह धामिको अध्यक्षतामा भएको प्रतियोगिता उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष मँगल सिंह धामी प्रमुख अतिथी रहेका थिए ।

जय भगवति मेलौली सुनचाँदी

प्रतियोगिता उद्दघाटन सत्रमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेलप्रेमी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको ब्याँस गाउँपालिकाका प्रबक्ता उपेन्द्र सिंह धामिले बताए ।

 

यही पौष १७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरी रहेका ६ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने प्रबक्ता उपेन्द्र सिंह धामिले बताए।

प्रतियोगिताबाट जिल्लास्तरीय प्रतियोगिताका लागि गाउँपालिकाको टीम तयार हुने धामिले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page