



बैतडी -प्रकाश भट्ट,दार्चुलामा एमालेको नवौं जिल्ला अधिबेशनको तयारी तिव्र पारिएको छ। कार्यक्रमको उद्घाटन सत्रमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दार्चुला आउने भएका छन। कार्यक्रमलाई सम्बोधन गर्न उपाध्यक्ष पोखरेल अगामी मंगलबार दार्चुला आउने कार्यक्रम तय भएको एमाले दार्चुलाले जनाएको छ ।
नेकपा एमाले दार्चुलाले यहि पुस १८ र १९ गते जिल्ला सदरमुकाम खलंगामा पार्टीको नवौं जिल्ला अधिवेसन कार्यक्रम आयोजना गरेपछि कार्यक्रमलाई सम्बोधन गर्न बरिष्ठ उपाध्यक्ष पोखरेल दार्चुला आउन लागेको जिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामीले जानकारी दिनु भएको छ ।




