


बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ। पञ्ज्युनयाँ खेलमैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको उपाधि श्रीकेदार माध्यमिक विद्यालय पिपलकोटले जितेको छ । पिपलकोटले सबैभन्दा धेरै १० स्वर्ण ३ रजत र ७ कांस्य पदक गरी कूल २० पदक जित्दै उपाधि जितेको हो।

यस्तै द्वितीयमा सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट भएको छ। सनातन धर्म माध्यमिक विद्यालय श्रीकोट बैतडीले ५ रजत ६ कांस्य ६ रजत गरि कुल १७ पदक जित्दै दोस्रो स्थान हासिल गरेको हो।

यस्तै भगवती माध्यमिक ध्यमिक बिद्यालय सित्तड बैतडीले तेस्रो स्थान हाँसिल गरेको हो। भगवती माध्यमिक बिद्यालय सित्तडले ४ रजत ३ कांस्य ६ स्वर्ण गरि कुल १३ पदक जित्दै तेस्रो स्थान हाँसिल गरेको हो


विजेताहरूलाई प्रमुख अतिथी बिशिष्ट अतिथी, गाउँ पालिका अध्यक्ष,उपाध्यक्ष ,बिभिन्न बिधालयका शिक्षकहरुले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै समापन कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले खेलकुद प्रतियोगिताका विजेता एवम् सहभागीलाई बधाई दिएका थिए

यसै गरी गाँउपालिका अध्यक्ष चक्रबहादुर कार्किले खेलकुद प्रतियोगिताका विजेता एवम् सहभागीलाई बधाई दिएका थिए।

प्रतियोगितामा पालिका भित्रका ११ वटा माविका ४ सय बढी विद्यार्थीहरुलाइ बिभिन्न बिधाका खेल खेलाइएको थियो
प्रतियोगिताको यही पुस २२ गते बैतडीबाट निर्वाचित संघिय सांसद दामोदर भण्डारीले उद्घाटन गरेका थिए ।





