


बैतडी -प्रकाश भट्ट दार्चुलाको नौगाड गाउँपालिका वडा नं १ का अध्यक्ष हरिलाल सिंह महताले वडा नं १ इयरकोटमा यातायात व्यवस्था नहुँदा समस्या भएको बताए।

यातायातको सुविधा नहुदा सर्वसाधारणले १५ किलोमिटर टाडाबाट खाधान्न ढुवानी गर्नुपर्ने अवस्था भएको बताए। आम नागरिकको सहजताका लागि गतबर्ष नागु एरियामा खाध्य डिपो खोलेपनि प्रभावकारि काम नगरेको बताए्।
बैतडीबुलेटिनसँगको कुराकानीमा अध्यक्ष महताले नागु डिपोमाअहिले सम्म चामल पनि नआएको गुनासो गरे। साथै अध्यक्ष महताले वडामा बिधुत नहुदा आमनागरिकहरु अन्धकारमा बस्न बाध्य भएकाले सरकारको ध्यान जानुपर्ने बताए।




