



धनगढी -सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेल सवारी गाडीमा ढुङ्गा प्रहार गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीमा उनी सवार गाडीमा युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।
कैलाली प्रहरीका अनुसार उनी सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४९३ नम्बरको गाडीमा बुधवार ढुङ्गा प्रहार गरिएको हो। उनी सवार गाडीको पछाडिको सिसा फुटेको छ। सचिव तथा अन्यलाई चोटपटक भने लागेको छैन। प्रदेश सचिव पौडेलका अनुसार वसन्ता क्षेत्र लगाएतको अतिक्रमण गरिएको वनको स्थलगत अनुगमनबाट टोली फर्किएको थियो। फूलबारी क्षेत्रमा ५/६ जना युवाहरूले उनी सवार गाडीको पछाडिबाट ढुङ्गा हानेका थिए। प्रदेश सचिव जीवनाथ पौडेलले भने, ‘हामी वसन्ता क्षेत्रबाट फर्किदै थियो। वन क्षेत्रको अतिक्रमण लगाएको अनुगमनमा गएका थियौ। फूलबारीमा २१/२२ वर्षका ५/६ जना केटाहरू थिए। उनीहरूबाट १० मिटर अगाडी आएपछि पछाडिबाट ढुङ्गा हाने। उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ।




