


बैतडी- प्रकाश भट्ट,बैतडीको पञ्चेश्वर गाउँपालिकामा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। पञ्चेश्वर गाउँपालिका वडा नं ४ जबलपुर माध्यमिक विद्यालय सैलोडाको प्रांगणमा प्रतियोगिताको बिहिबार उद्दघाटन गरिएको हो ।
पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सुरु भएको कार्यक्रममा मेलौली नगरपालिका प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथी रहेका थिए। यस्तै पाटन नगरपालिका उपप्रमुख कमल बोहरा बिशिष्ट अतिथी रहेका थिए।


प्रतियोगिता उद्दघाटन सत्रमा वडा अध्यक्ष लगायतका जनप्रतिनिधि, स्थानीय अभिभावक, खेलप्रेमी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको पञ्चेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर बोहराले बताए।
यही माघ ६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा पालिकाभरी रहेका ९ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत भलिबल, कबड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत बोहराले बताए।





