Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा माओवादी संसदीय दलको नेताबाट खगराज आउट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो ।

धामी पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत हुन् । माओवादीको यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन गरेको बैतडिबुलेटिनलाइ  जानकारी गराए ।

जय भगवति मेलौली सुनचाँदी

अब माओवादी मन्त्रीहरू पनि फेरबदल हुने रावलले संकेत गरे । सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्रीसहित ३ मन्त्री रहेका छन् । पछिल्लो समय सुदूरपश्चिम माओवादीमा खटपट देखिएको छ ।

सरकारको कार्यसम्पादन, माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरू कार्यक्षमता र दलका नेता भट्टको कार्यशैलीलाई लिएर राज्यमन्त्रीसहित ७ जना प्रदेश सांसदले पुस २१ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित पत्र बुझाएका थिए ।

संसदीय मोर्चाबाट पत्र बुझाउनेमा सभामुख भीमबहादुर भण्डारी, प्रमुख सचेतक मानबहादर धामी, राज्यमन्त्री गीता माल, सांसदहरू अक्कलबहादुर रावल, शिवसिंह ओली, ओमविक्रम भाट, लक्ष्मी विक थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page