Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा कार्यरत २ जना स्वास्थ्यकर्मी पुरस्कृत

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी,  बैतडीको पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्य चौकीमा कार्यरत उत्कृष्ट २ जना कर्मचारीहरुलाई सम्मान गरिएको छ । ३० वटा सूचकको आधारमा अहेव भास्कर तिवारी र अनमी निर्मला लावडलाई सम्मान गरिएको हो ।

जय भगवति मेलौली सुनचाँदी

गाउँपालिका उपाध्यक्ष बिना भट्टसहित स्वास्थ्य साखाका कर्मचारी, वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयमसेविका लगायतको उपस्थितिमा स्वास्थ्य चौकीमा कार्यरत दुई जना उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरिएको स्वास्थ्य चौकी इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।

यसैगरी आजै बसेको खोप समन्वय समितिको बैठकबाट पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गर्ने निर्णय पनि गरिएको छ । घरधुरी सर्वेक्षण गरी खोप लगाउन छुटेकाहरुलाई खोप प्रदान गरिने बताइएको छ ।

खोप लगाउन छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा ल्याई नियमित खोप कार्यक्रममा समाबेस गराउन भूमिका खेल्ने स्वास्थ्य स्वयमसेविकालाई एक हजार र स्वास्थ्यकर्मीलाई चार सय रुपैया पुरस्कार प्रदान गर्ने निर्णय पनि गरिएको स्वास्थ्य चौकी इन्चार्ज सार्कीले जानकारी दिए ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page