Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -सुदूरपश्चिमका सामाजिक विकास मन्त्री विरुद्ध प्रहरीमा उजुरी परेको छ।मन्त्री झपट साउद विरुद्ध कैलाली प्रहरीमा उजुरी परेको हो। बझाङको बुँगल नगरपालिका–१ का धनबहादुर बोहराले आफुले रामारोसन गाउपालिका–६ का विरबहादुर साउदको छोरा ४३ वर्षका झपटबहादुर साउदले विभिन्न मितिमा मलाई साह्रै समस्या छ भनि रुपयाँ सापटी मागेको र उक्त रकम फिर्ता माग्दा ज्यान मार्ने धम्की दिएको भन्दै धनबहादुर बोहराले उजुरी हालेका हुन्।

बोहराले आफ्नो ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका छन्। धनबहादुरको उजुरी माघ १५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले पनि उजुरी आएको बताए। मन्त्री ज्युुका विरुद्ध ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी आएको उनले बताए। तर सामाजिक विकास मन्त्री साउदले भने आफ्नो कुनै लेनदेन नभएको बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page