



बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिका सिल्लेगडा बाट कालागाउँका लागि छुटेको जिप दुर्घटना भएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं २ कटौजपानिमा सु प्र प ०१००२ज१५३७ नम्बरको यात्रुबाहक जिप दुर्घटनामा परेको हो। दुर्घटनामा परि दोगडाकेदार गाउँपालिका वडा नं ८ कालागाउँकि अन्दाजी १५ वर्षिय मनिसा बिष्टको घटनास्थलमै मृत्यू भएको छ। यस्तै जिप दुर्घटनामा ७ जना घाइते भएको प्रहरीले बताएको छ।जिप सडकबाट ५० मिटर तल खसेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




