Vutlaxapu
Laxmibhuwan sun chadi

धनगढीमा फागुन २ गते प्रेमपत्र प्रतियोगिता हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी संबाददाता -धनगढीमा प्रेमपत्र प्रतियोगिता हुने भएको छ। फागुन २ गतेका दिन भ्यालेन्टाइन दिवसको अवसरमा प्रेमपत्र प्रतियोगिता हुने भएको हो।मङ्गलवार पत्रकार सम्मेलन गर्दै सुदूर चौतारीले प्रेमपत्र प्रतियोगिता गर्ने जानकारी गराएको हो। आयोजक सुदूर चौतारीले प्रेमपत्रमा प्रेमपात्रका रूपमा प्रेमी-प्रेमिकाका साथै जन्मदिन आमाबुबा, देश, प्रकृति सम्बद्ध विषय खोलानाला, चराचुरुङ्गी, बोटबिरुवा, डाँडाकाँडा, आफ्नो गाउँठाउँ, मौलिक संस्कृति, परम्परा आदि राख्न सकिने बताएको छ। प्रेमपत्र बढीमा एक हजार शब्दको हुनुपर्ने, पत्र टाइपिङ वा हस्तलिखित हुनुपर्ने बताइएको छ। प्रेमपत्र लेखेर इमेल वा ह्वाट्सप मार्फत पठाउन सकिनेछ। आयोजकले [email protected] अर्थात् ह्वाट्सप नम्बर ९८४८९८३८८० मा पठाउन सकिनेछ।

प्रतियोगितामा भाग लिन चाहने व्यक्तिले माघ २९ गतेभित्र आयोजकलाई इमेल वा ह्वाट्सप मार्फत प्रेमपत्र पठाइसक्नुपर्ने छ। प्राप्त भएका पत्रमध्ये उत्कृष्ट १० पत्र लेखकलाई प्रेमपत्र प्रतियोगिता २०८० को फाइनल कार्यक्रममा बाचन गर्न लगाइने छ। उत्कृष्ट १० मध्ये प्रथम, द्वितीय र तृतीय पत्रलाई नगद र उपहारसहित पुरस्कृत गरिनेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page