Vutlaxapu
Laxmibhuwan sun chadi

श्याम देउवा मृत्यु प्रकरण : पक्राउ परेका ६ जना रिहा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका श्याम देउवाको मृत्युको अनुसन्धानका क्रममा पक्राउ परेका ६ जना रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालय, कैलालीले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीलाई नै फाइल फिर्ता गरेको छ।जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख देवेन्द्रबहादुर पाललले सरकारी वकिलको कार्यालयबाट थप अनुसन्धानका लागि निर्देशन आएको बताए। उनका अनसार हत्या आरोपमा पक्राउ परेका ६ जनालाई हाजिरी जमानीमा छोडिएको हो। सरकारी वकिलको निर्देशनपछि उनीहरू रिहा भएका छन्।

जय भगवति मेलौली सुनचाँदी

कैलालीको गोदावरी नगरपालिका–१ का २७ वर्षीय विनोद शाह, गोदावरी–६ का २४ वर्षका प्रकाश ओली, गोदावरी–१ का २५ वर्षीय उमेश बडेला, २८ वर्षीय यज्ञ बिक, कृष्णपुर नगरपालिका–९ का ३८ वर्षीय रामबहादुर ऐरलाई देउवाको हत्या आरोपमा पक्राउ गरेको थियो।

अत्तरियास्थित न्यू दोहोरी साँझमा २५ पुसको राति गएका श्याम देउवा त्यहाँ वादविवाद भएपछि घर जान भन्दै बाहिर निस्किएका थिए। उनीसँगै गएका कृष्णपुरकै टेकबहादुर नायक मोबाइल दोहोरी साँझमै छुटेको भन्दै लिन फर्केका बेला देउवा त्यहाँबाट एक्लै हिँडेका थिए। तर, भोलिपल्ट गोदावरी नगरपालिकाको चौकीडाँडामा देउवा अर्धचेतन अवस्थामा भेटिएका थिए।

शरीरमा चोटपटक देखेपछि आफन्तले उपचारका लागि त्यही दिन धनगढी ल्याएका थिए, उनको उपचारकै क्रममा मृत्यु भएको थियो। देउवाको हत्या गरिएको भन्दै उनीसँगै गएका साथीसहित ६ जनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page