Vutlaxapu
Laxmibhuwan sun chadi

मेलौलीमा भोलिदेखि सुरु हुने रनिङ शिल्डको तयारी अन्तिम चरणमा,प्रमुख अतिथि पूर्वमन्त्री भण्डारी

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको मेलौलीमा भोलीदखि सुरु हुन गइरहेको १४ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलौली भगवती मन्दिरको प्रांगणमा हुने रनिङ शिल्डको भव्य उ्घाटनको तयारी छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीको सभाध्यक्षतामा सुरु हुने उद्घाटन समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री दामोदर भण्डारी रहने छन् ।

जय भगवति मेलौली सुनचाँदी

विशिष्ट अतिथिमा नेपाल क्रिकेट संघ, क्यानका अध्यक्ष चतुर बहादुर चन्द, प्रदेश सभा सदस्य जानकी ऐर बम, प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा सहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, १० वटै पालिकाका प्रमुख तथा उपप्रमुख रहने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

२८ गतेसम्म चल्ने प्रतियोगिताको समय तालिका पनि सार्बजनिक गरिएको छ ।

बिहान ८ बजेदेखि केही खेलकुदका कार्यक्रम भएपछि ११ः३०बजे देखि २ः३०सम्म उद्घाटन समारोह हुने छ ।

मेलौली नगरपालिकाले प्रतियोगिताको लागि तयारी पूरा भएको जनाएको छ । बजार क्षेत्र सानो रहेकाले खान बस्नको लागि समस्या हुने आसंका व्यक्त गरिएपनि नगरपालिकाले १० वटै पालिकाका खेलाडी तथा खेलकुद प्रतिनिधिहरुको लागि बासको छुट्टाछुट्टै व्यवस्था मिलाएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page