Vutlaxapu
Laxmibhuwan sun chadi

साढे एक वर्षमा सुदूरपश्चिमबाट पाँच सय बढी फरार दोषी पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -साढे एक वर्षको अवधिमा पाँच सयभन्दा बढी फरार दोषी पक्राउ परेका छन्।सुदूरपश्चिमका विभिन्न स्थानबाट प्रहरीले विभिन्न अपराधमा संलग्न तर फरार भएका पाँच सय पाँच दोषीलाई पक्राउ गरेको हो। प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा विभिन्न अपराधमा दोषी ठहर भएर फरार रहेका एक सय ७ जनालाई पक्राउ गरेको छ। अपराध गरेर अदालतबाट दोषी ठहर भएकाहरुको खोजी गर्ने क्रममा चालु आर्थिक वर्षको ६ महिनामा एक सय ७ जना पक्राउ परेका हुन्।

जय भगवति मेलौली सुनचाँदी

कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसूर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका दोषी एकपछि अर्को पक्राउ पर्न थालेका छन्। गत आर्थिक वर्ष २०७९/८० मा मात्र तीन सय ९८ फरार दोषी पक्राउ परेका थिए। विभिन्न अपराध गरेर लुकेर बसेका ती दोषीहरुलाई प्रहरीले पक्राउ गरेको हो। साथै फरार दोषीबाट ९५ लाख ३५ हजार ६ सय ४९ रुपैयाँ जरिबाना समेत अदालतले भराएको छ।

हत्या, चोरी डकैती, लागुऔषध, जबरजस्ती करणी, लुटपाट, कुटपिट, हातहतियार लगायत अपराधमा संलग्न भई अदालतबाट दोषी ठहर भएर फरार भएकाहरुलाई प्रहरीले पछिल्लो समय धमाधम पक्रन थालेको छ। यस्तै प्रकृतिका अपराध गरेर फरार भएका दुई सय ९६ दोषीलाई आर्थिक वर्ष २०७७/७८ मा पक्राउ गरिएको छ।

अदालतबाट सजाय पाएका तर फरार रहेका थप दुई सय ३१ अपराधिलाई आर्थिक वर्ष २०७८/७९ मा प्रहरीले पक्राउ गरेर अदालतमा पेस गरेको छ। प्रदेशभित्र जघन्य अपराध गरेर फरार भएकाहरुको संख्या ठूलो छ। दोषीहरुलाई पक्राउ गर्न प्रहरीले विशेष रुपमा पहल गर्दै आएको दाबी छ। अहिले पनि विभिन्न अपराध गरेर फरार भएकाहरुको संख्या ठूलो भएकाले खोजीकार्य भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page