


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जित्ने खेलाडीलाई १० हजारका दरले उपलब्ध गराउने भएको छ । दोगडाकेदारले रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै तृतिय स्थान हासिल गरेको छ । दोगडाकेदार गाउपालिकाले ६ श्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको थियो ।

रनिङ शिल्डमा सहभागिता जनाउन जाने क्रममा नै स्वर्ण पदक विजेता खेलाडीलाई १० हजार रुपैया उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।
थप रजत र कास्य पदक खेलाडीहरुलाई पनि सान्त्वना पुरस्कार उपलब्ध गराउनेबारे निर्णय गरिने गाउँपालिका अध्यक्ष कार्कीले जानकारी दिए ।
करातेका बिभिन्नविधामा दितिय स्थान हासिल गरेको थियो । यसैगरी दोगडाकेदार गाउँपालिकाले उत्कृष्ट मार्चपासको उपाधी पनि उचालेको थियो ।




