



बैतडी -दार्चुलामा भिरबाट लडेर एक एक विद्यार्थीको मृत्यु भएको छ । नौगाड गाउँपालिका वडा नं ६ को खालीडाडा लेकको तल्लासइनाका धनसिंह धामीकी १८ वर्षीया छोरी मनिसा धामीको घरबाट विद्यालय जाने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । मंगलबार बिहान करिब ९ बजेको समयमा रतोपौड भन्ने भिरमा लडेर मनिसाको घटनास्थलमै मृत्यु भएको आफन्तले बताएका छन् ।
मालिकार्जुन आधारभूत विद्यालयमा कक्षा ८ मा अध्यायन गर्ने मनिसाको आज बिहान विद्यालय जाने क्रममा लडेर मृत्यु भएको आफन्त शंकर सिंह धामीले जानकारी दिएका छन् । मनिसा बाटोबाट करिब ५ सय मिटर तल खसेकी र उनको घटनास्थलमै मृत्यु भएको उनले बताए




