Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा दादुरा रुबेला खोप सम्बन्धि अभिमुखीकरण गोष्ठी सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको दोगडाकेदार गाउँपालिकामा दादुरा रुबेला खोप सम्बन्धि स्थानीयतह स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। खोप अभियान  दोगडाकेदारमा पनि यहि फागुन १६ गतेदेखि संचालन हुने भएको छ।

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदारमा ९ महिनादेखी ५ वर्षउमेर समुहका २०४३ जना लक्षित बालबालिकालाई खोप लगाइने छ । ३५ वटा खोपकेन्द्रमा लगाइने खोप कार्यक्रममा स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने दोगडाकेदार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

दादुरा-रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गर्न सक्दछ । दादुरा-रुबेला खोपको पूर्ण मात्रा लगाएर सुरक्षित हुन स्वास्थ्य शाखाले आग्रह गरेको छ।दादुरा र रुबेला विरुद्धको खोप अभियान संचालनको लागि आवश्यक आन्तरिक तयारी तीब्र पार्ने उदेश्यले आयोजित गोष्ठीमा जनप्रतिनिधि, क्रमचारि, स्वास्थ्यकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page